एजेन्सी। विमानमा अज्ञात स्थानबाट सर्प ककपिटतिर फसेपछि विमानमा सवार पाँच जनाको सातो उड्यो । मदर सिटीको उपनामले चिनिने दक्षिण अफ्रिकाको दोस्रो ठुलो सहर केप टाउनबाट दक्षिण अफ्रिकाकै नेल्स्प्रुटका लागि उडान चलिरहेको बेला बुधबार अप्रिल ५ का दिन यो घटना भएको हो।
स्थानीय सञ्चार माध्यमका अनुसार सो गोमन सर्पले टाउको उठाउनु अघि पाइलटको सिटमा चिप्लियो र क्याप्टेनलाई अत्त्याउँदै अर्को तर्फ लाग्यो। तर, जहाजमा कोब्राको आतङ्कका बाबजुद पाइलटले विमानको आकस्मिक अवतरण गर्न सफल भए पछि सर्प रहस्यमय रुपमा बेपत्ता भयो ।
पाइलट रुडोल्फ इरास्मसले दक्षिण अफ्रिकी समाचार आउटलेटलाई भने, "मैले कोब्राले आफ्नो सिटको मुनि टाउको राखेको देखेँ।" त्यसपछि आपतकालिन अवतरण गर्नुपर्यो।
प्रतिक्रिया दिनुहोस