aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अविवाहित वा एकल महिलाले जन्माएका सन्तानको जन्मदर्ता मावलीको थरबाट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
अविवाहित वा एकल महिलाले जन्माएका सन्तानको जन्मदर्ता मावलीको थरबाट हुने

काठमाडौं । अब एकल महिलाले जन्माएका र बाबुको ठेगान नभएका बालबालिकाहरुको जन्मदर्ता मावलीको थरबाट बनाउन मिल्ने भएको छ । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज देशका ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएसँगै अब सबै बालबालिकाहरुको जन्मदर्ता बनाउन मिल्ने भएको हो । 

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ ।

बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस