काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि निवेदन माग गरेको छ । आज एक सार्वजनिक सूचना प्रकाशित गरी मन्त्रालयले आवेदनका लागि आव्हान गरेको हो ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ । उक्त दिवसको अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरूमध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार दिइने मन्त्रालयले जनाएको छ ।
इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूलाई वैशाख ७ गतेभित्र आवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस