aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज अन्तिम नामावली प्रकासन र चिन्ह प्रदान गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज अन्तिम नामावली प्रकासन र चिन्ह प्रदान गरिँदै

काठमाडौं । आगामी बैशाख १० गते देशका तीन निर्वाचन क्षेत्रमा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारहरको अन्तिम नामावली प्रकासन गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ । आयेगले आज उम्मेदवारहरुको अन्तिम नाावली प्रकासन गरे सँगै उम्मेदवरलाई चुनाव चिन्हसमेत वितरण गर्न लगेको हो । 

आज बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको र त्यसपछि अन्तिम नामावली प्रकासन गरिने आयोगले जनाएको छ । 

चितवन २, तनहुँ १ र बारा २ प्रतिनिधिसभा क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस