aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

स्टाटअप एवं साना उद्योगी व्यवसायीलाई सबल बनाउन नीतिगत संरक्षणको आवश्यकता छः सुमार्गी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
स्टाटअप एवं साना उद्योगी व्यवसायीलाई सबल बनाउन नीतिगत संरक्षणको आवश्यकता छः सुमार्गी

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमागीले नेपालमा स्टार्टअप उद्यमी, एवं साना उद्योगी व्यवसायीलाई उद्योग व्यवसायमा सवल बनाउनका लागी राज्य स्तरबाट नीतिगत संरक्षण र प्रर्वद्धनको योजना बनाइनुपर्नेमा जोड दिएका छन् ।

उद्योगी व्यवसायीको यति ठुलो सञ्जाल भएपनि उद्योग व्यवसायको बातावरण निर्माणका लागी दिर्घकालिन महत्वका कामहरु समेत हुन नसकेको भन्दै, अवको उद्योग बाणिज्य संघको नेतृत्वले संस्थाको इतिहासमै सम्झनलायक विभिन्न ब्रेक थ्रु योग्य कामहरु गरेर देखाउने विश्वास व्यक्त गरे ।

‘हाम्रो टिम स्पष्ट योजना, स्पष्ट खाका अनि स्पष्ट गन्तव्य सहित उद्योगबाणिज्य महासंघको नेतृत्वका लागी अधिकांस व्यवसायीहरुको भरोषा र विश्वास लिएर मैदानमा उत्रेका छौ, यो रुपान्तरणको अभियानमा सम्पुर्ण व्यवसायीहरु एककदम अगाडी बढेर हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौं’, सुमार्गीले स्पष्ट पारे।

उनले जिल्ला नगर लाई अझ सवल एवं व्यवसायीहरुका समस्या, क्षमता विस्तार, व्यवसाय विकासका लागी आवश्यक विभिन्न कामहरु सबैमा आफ्नो निरन्तर सहकार्य र सहयोग रहने प्रतिवद्धता जनाए । उद्योग वाणिज्य महासंघको चुनावमा जिल्ला नगर उपाध्यक्षमा सुमार्गीको प्रवेश पछि महासंघको चुनाव अझ बढी चलायमान बनेको छ ।

प्रतिक्रिया दिनुहोस