
काठमाडौं । ई–आर्टस् नेपालले नेपाल आर्ट काउन्सिलमा पाँच दिने यो फेस्टिभल गर्ने भएको छ । उक्त कार्यक्रममा जीवन्त, सजीव तथा सांगीतिक प्रस्तुति, कला संवाद, कलाकारको प्रदर्शन हो ।
उक्त प्रदर्शन बालबालिकाका लागि कला शिक्षा कार्यक्रम, प्रयोगात्मक कत्थक नृत्य प्रदर्शन, सेरामिक फायरिङ वर्कसपसहितका विभिन्न कलासम्बन्धी गतिविधिले हुने जनाइएको छ ।
यो कार्यक्रममा युवादेखि स्थापितसम्म वृहत कलाकारहरूका कला प्रदर्शनी हुनेछ । वास्तवमा, यो उनीहरूको उमेर वा स्तरको मतलव नगरिकन नेपाली रचनाकारहरूका लागि एक बृहत् प्लेटफर्मका रूपमा आयोजना गरिएको हो । यो फेस्टिभल नेपालका प्रमुख कलासम्बद्ध संगठनहरूको सहकार्यमा आयोजना गरिने छ ।
प्रतिक्रिया दिनुहोस