aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ चैत्र २०७९
आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

काठमाडौं । आगामी बैशाख १० गते देशका तीन निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले आजदेखि उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरेको हो । 

आयोगले शुक्रबारदेखि  निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू भएको जानकारी दिएको छ । विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको आयोगले जनाएको छ । 

आयोगका अनुसार बैशाख १० गते उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ । 

आचारसंहिता लागू हुने निर्णय गरेलगत्तै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले सम्बन्धित व्यक्तिलाई भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न÷नगराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ ।  
 

प्रतिक्रिया दिनुहोस