काठमाडौं । दसैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि असोज ५ बाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग, व्यवसायी र ट्राफिक प्रहरीसमेतको बैठकले उक्त निर्णय गरेको विभागले जनाएको छ।
विभागका अनुसार भाडा दर पुरानै कायम गरिएको छ। यातायात व्यवसायीले भाडा समायोजन गर्न आग्रह गरेका थिए। ‘७० सालदेखि भाडा समायोजन नभएको कुरा सरकारले बुझ्नुपर्थ्यो,’ नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘सरकारले सधैं आश्वासन मात्र दियो, कार्यान्वयन गरेन। हामीले त्यो विषयलाई यात्रु सेवासँग सौदावाजी गर्न चाहेनौं ।’
अरूलाई कानुन पालना गर्न लगाउने सरकार आफै। चाहिँ चुकेको सिटौलाले आरोप लगाए। सिटौलाले सेवा दिने मामिलामा यातायात व्यवसायी प्रतिबद्ध रहे भन्दै गामीण भेगमा गाडी जान सक्ने अवस्था नभएकोले तत्काल ग्रामीण सडक सुधार गर्न सरकारसँग आग्रह गरे। अहिलेकै अवस्थामा नयाँ गाडी थप्ने स्थिति नभएकोले जगेडा रहने गाडीलाई पर्याप्त मात्रामा थपेर यात्रुलाई सुविधा दिने सिटौलाले जनाए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस