काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले ऐतिहासिक धरहराको पुनर्निर्माण एक चौथाइ सम्पन्न भएको छ। धरहरा पुनर्निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले हालसम्म २६ प्रतिशत पुनर्निर्माणको काम सकिएको जनाएको छ। निर्माण कम्पनी जिआइइटिसी-रमन जेभीका कन्ट्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले बिहीबार आयोजित छलफल कार्यक्रममा धरहरा पुनर्निर्माण २६ प्रतिशत सकिएको जानकारी दिए।
उनका अनुसार आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको छ। धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ। त्यसैगरी, गोश्वारा हुलाक रहेका भवन भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइल हाल्ने कार्य चलिरहेको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका काम समानान्तर रुपमा अघि बढाएर तोकिएको
पुननिर्माण सम्पन्न गर्न अनुरोध गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस