काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्तमान सरकारको इज्जत नगर्ने घोषणा गरेका छन् । शनिबार आफ्नो फेसबु्क पेजमा इस्टाटस लेखेर उनले सरकारको इज्जत नगर्ने बताएका हुन् ।
बिहानै आजबाट सिंहदरबारको फोहोर नउठाउने बरु सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्ने चेतावनी दिएका मेयर साहले च्यसको केही घण्टामै अर्को स्टाटस लेखेका हुन् ।
‘इन्डिया र चाइनाले बनाको सरकारको कुनै इज्जत गर्दिनँ म’, उनले आक्रोश पोख्दै प्रश्न गरेका छन्, ‘नेपाल स्वाधीन कहिले हुने ?आफ्नो अस्तित्व कहिले बनाउनेरु लाज लाग्दैन ?’
१० दलीय गठबन्धनको नेतृत्व गदै हाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस