aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरे : सभामुख घिमिरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ चैत्र २०७९
आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरे : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका छन् । 

लायन्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठूलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगेपनि अहिले आर्थिक तथा समाजिक बिकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका हुन् । 

उनले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरुलाई कुर्सीका लागि मात्रै होडबाजी हो की भन्ने आशंका समाजवाट भइरहेको जिकिर गरे । त्यस्तै उनले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिए । उनले क्लबमार्फत समाजलाई आइपरेका बिपत्तीहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए । 

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको बिकासमा लायन्स क्लवले खेलेको भूमिकाको प्रसंसा गरे ।

प्रतिक्रिया दिनुहोस