aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एकिकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेले त्यागे पार्टी, एमालेमा प्रवेश गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ चैत्र २०७९
एकिकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेले त्यागे पार्टी, एमालेमा प्रवेश गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानले पार्टीका शिर्ष नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी सुधारका लागि आफुले ३३ बुँदे लिखित सुझाव नै दिएपनि उल्टै आफुलाई स्पष्टिकरण सोधिएको उनले बताए । न्यौपानेले सत्तागठबन्धनको दलदलमा पार्टी पद्धती र प्रक्रिया बिपरित नेताहरु फसेको आरोप लगाए । 

उनले स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभा निर्वाचनसम्म आउँदा नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको र सवै आफ्नो स्वार्थमा निहित भएको बताए । भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि पार्टी परित्याग गरेको उनको भनाइ छ । 

न्यौपानेले आफुमात्रै नभएर पार्टीभित्रका अन्य नेताहरुको पनि असन्तुष्टि रहेको दावी गरे । उनले देशभरका नेता कार्यकर्तालाई एकजुट पारेर एमालेसंग एकता गर्ने तयारी भइरहेको जानकारी दिए ।

न्यौपानले विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी मार्क्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भएका कारण समाजवादीको कुनै भविष्य नदेखेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस