aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वैदेशिक रोजगारीका लागि बाहिरिने संख्या दैनिक ३ हजार ३ सयभन्दा धेरै

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २६ चैत्र २०७९
वैदेशिक रोजगारीका लागि बाहिरिने संख्या दैनिक ३ हजार ३ सयभन्दा धेरै

काठमाडौं  । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो ।

पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ । 

प्रतिक्रिया दिनुहोस