काठमाडौं । भदौ १४ को एटीएम ह्याकिङपछि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा नचल्ने बनाइँदा भारतमा उपचार, अध्ययन लगायतका लागि गएका नेपालीलाई भुक्तानीमा समस्या परेकाले नेपाल राष्ट्र बैंकले नेप्स र सोसँग आबद्ध बैंकहरूलाई तुरुन्तै वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार भारतमा विभिन्न प्रयोजनका लागि गएका र कार्डको प्रयोग गर्ने ग्राहकहरू समस्यामा परेकोले वैकल्पिक उपायको लागि निर्देशन दिइएको हो । ‘चाहे रेमिट्यान्सबाट होस् वा भारतका बैंकसँग समन्वय गरेर होस्, नगद नबोकेका र कार्डको भरमा भारत गएर आपत्मा परेका सेवाग्राहीलाई तुरुन्तै सेवा दिन निर्देशन दिएका हौं,’ उनले
भने।
यसबारे केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै नेप्सको सञ्जालमा रहेका बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्डहोल्डरले आफ्नो मौज्दातको सीमासम्मको रकम वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न सक्ने व्यवस्था पनि गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस