
एजेन्सी । पाकिस्तान अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । दैनिक रुपमा अवस्था बिग्रँदै गइरहेको छ । मुद्रास्फीतिले अहिलेसम्मकै बढी कीर्तिमान तोडेर ४८ वर्षको उच्च विन्दुमा पुगेको छ । जसका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।
घट्दो विदेशी मुद्रा सञ्चितिका कारण पाकिस्तानले आफूलाई चाहिने सबै वस्तु आयात गर्न सकेको छैन । जसका कारण जनताले पिठो, चामल जस्ता दैनिक उपभोग्य वस्तु पाउन सकेका छैनन् । यसैबीच विश्व बैंकले पाकिस्तानलाई झटका दिएको छ ।
विश्व बैंकले पाकिस्तानको आर्थिक वृद्धिदर घटाएको छ । विश्व बैंकले पाकिस्तानको वृद्धिदर २ प्रतिशतबाट ०.४ प्रतिशतमा झारेको छ । द एक्सप्रेस ट्रिब्युनको रिपोर्टका अनुसार विश्व बैंकले विभिन्न आर्थिक झट्काका कारण यस आर्थिक वर्षमा करिब ४० लाख पाकिस्तानी गरिबीमा परेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस