aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

दुई करोडको बार्गेनिङ गर्ने ढाकाकुमारलाई रास्वपाले सोध्यो स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगै सांसद डा. ढाका कुरमा श्रेष्ठको दुई करोड रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई स्पष्टीकरण सोधेको छ । श्रेष्ठलाई रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

स्वास्थ्य मन्त्री बन्न पैसा दिनु पर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताबारे सत्य तथ्य छानबिन गरी तीन दिन भित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन समेत दिइएको छ । 

उक्त छानबिन पुरा नभएसम्म उनलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न समेत रास्वपाले निर्देशन दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस