भरतपुर। सरकारले ल्याएको एक व्यक्ति एक सहकारीको अवधारणालाई चितवनका सहकारीले कार्यान्वयनमा जोड दिएका छन् । सङ्घीय सहकारी ऐन, २०७४ अनुसार सरकारले २०७७ असोज मसान्तसम्म एक व्यक्ति एक सहकारीको अवधारणा कार्यान्वनका लागि निर्देशन दिएपछि जिल्लाका सहकारीहरूले यसलाई कार्यान्वयनमा लगेका हुन्।
‘सरकारले यो नियम लागू गर्न तोकेको समयसीमा अझै एक वर्ष बाँकी नै हुँदा पनि चितवनमा केही सहकारीले यो नियम लागू गर्न थालिसकेका छन्,’ भरतपुर महानगर सहकारी तथा रोजगार प्रवर्द्धन शाखा प्रमुख रामबाबु पौडेलले भने।
नारायणगढको भीमसेन बचत तथा ऋण सहकारी संस्थाले एक व्यक्ति एक सहकारीको अवधारणा कार्यान्वयनमा ल्याउन आफ्नो सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट प्रस्ताव नै पारित गराएको छ । हामीले एक व्यक्ति एक सहकारीको अवधारणा कार्यान्वयनमा ल्याउने निर्णय साधारण सभाले नै गरेका छौं । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस