
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता जगत बहादुर सिंहको गाडीमा आगलागी भएको छ ।
बा २१ च ८५०७ नम्बरको निजी गाडीमा बिहीबार राती साढे एक बजेको समयमा आगलागी भएको सिंहले आर्थिक न्यूजलाई जानकारी दिए । उनले भने ‘घर मुनि पार्किङको छेउमा एउटा नास्ता पसल छ । त्यहाँको मान्छेले मलाई उठाउँदा १ः३२ भएको थियो ।’ उनले अगाडि थपे ‘म उठेर आउँदा गाडी जलिसकेको थियो । गाडीमा तल, माथि सबै तिरबाट आगो सल्काइएको थियो ।’
सिंहका आनुशार गाडी पछाडिबाट पूर्ण रूपमा जलेको छ भने अगाडि आंशिक क्षति भएको छ । उक्त घटना बारे इलाका प्रहरी कार्यालय झलारीका खबर भइसकेको र आगजनी गर्ने समूहको खोजी कार्य समेत भइरहेको प्रवक्ता सिंहले जानकारी दिए ।
तस्विरः रासस
प्रतिक्रिया दिनुहोस