aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रचण्ड र नारायणकाजीसँगको तस्विर राख्दै बालेन्द्रले भने, यस कारण सिंहदरबारको फोहोर उठेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ चैत्र २०७९
प्रचण्ड र नारायणकाजीसँगको तस्विर राख्दै बालेन्द्रले भने, यस कारण सिंहदरबारको फोहोर उठेन

काठमाडौं । दुई दिन अगाडि सामाजिक सञ्जालमा लेख्दै सिंहदरबारकोे फोहोर नउठाउने बताएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यो निर्णय लहडका भरमा नगरिएको बताएका छन् । आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर साहले सिंहदरबारसम्म पुग्न महानगरले धेरै कसरत गर्नुपरेको भन्दै संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेकोले यस्तो गरेको उल्लेख गरेका छन् । 

स्थानीय समस्या स्थानीय तहमा नै समाधानका लागि प्राथमिकतामा राखेर गाँठो फुकाइदिन समेत संघीय सरकारलाई आग्रह गरेका छन् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ’, उनले भनेका छन्, ‘तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्बिर शेयर गर्दै मेयर साहले असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस