
काठमाडौँ । अमेरिकाले चरम पन्थी नूर वलीलाई अन्तर्राष्ट्रिय आतङ्कवादी घोषणा गर्दै उनलाई पकड्न सहयोग गर्ने लाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।
सन् २००७ सालमा गठित तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले पछिल्लो १२ वर्षमा कयौँ हमला गरेको छ । सन् २०१८ को जुन महिनामा उक्त संगठनका प्रमुख ‘म. मुल्ला फजलुल्लाह’को मृत्यु भए पश्चात् नूरु वली उक्त संगठनको प्रमुख रहेका छन् ।
बेल्जियमका एक डाक्टर फरहान जाहिदले आफ्नो रिसर्चमा ४० वर्षीय नूरले नोबेल पुरस्कार विजेता मलाला युसुफको हत्या गर्ने आदेश दिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस