aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

धवल शम्सेरको संसद्लाई प्रश्न : दुई दुईवटा धितोपत्र बोर्ड यति सानो देशलाई किन चाहियो?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ चैत्र २०७९
धवल शम्सेरको संसद्लाई प्रश्न : दुई दुईवटा धितोपत्र बोर्ड यति सानो देशलाई किन चाहियो?

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्सेर जबराले नेपालमा दुई वटा धितो पत्र बजार आवश्यक नरहेको जिकिर गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।

उनले भने, 'देशमा काण्डै  काण्ड भइरहेको छ । चाहे त्यो एनसेल काण्ड होस् वा नक्कली भुटानी शरणार्थीको विषय होस् ।' उनले प्रश्न गर्दै अगाडी थपे, ' चाहे त्यो धितोपत्र बोर्डको कुरा होस, चाडे अढाइ करोडको कान्ड होस चाहे त्यो धितो पत्र बोर्डको कुरा होस,चाडे ढाइ करोडको कान्डहोस’ दुई दुई वटा धितो बोर्ड यति सानो देशलाई किन चाहियो?'  

वर्षा आउन लाग्दा डुबानको समस्या बढ्ने चिन्ता समेत उनले व्यक्त गरे । यसबारे अहिले देखी नै सजग रहन सरकार समक्ष उनले अनुरोध समेत गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा डुबानका कारण उत्पन्न हुने समस्या समाधानका लागि समेत व्यवस्था गर्ने उनले माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस