aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंकमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा पाँचजनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
बैंकमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा पाँचजनाको मृत्यु

काठमाडौं । अमेरिकामा एक बैंकमा बन्दुकधारीले आक्रमण गर्दा पाँचजनाको मृत्यु भएको छ । त्यहाँको  केन्टकी सहरस्थित एक बैंकमा गोली चल्दा आक्रमणकारीसहित ५ जनाको मृत्यु भएको हो । 

ओल्ड नेसनल बैंकका २३ वर्षीय कर्मचारी कोन्नोर स्टर्जेओनले आफैँ कार्यरत बैंक भित्र सोमबार अन्धाधुन्ध गोली चलाएको लुइसभिल मेट्रो प्रहरी विभागले जनाएको छ । उक्त आक्रमणमा परी थप ९ जना घाइते भएका छन् । 

सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा आक्रमणकारीको मृत्यु भएको छ । घाइते ९ जनामध्ये तीन प्रहरी अधिकारी रहेका छन् । जसमा एक प्रहरी अधिकारी र अन्य दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आक्रमणमा मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेरका समूहका छन  । प्रारम्भिक जानकारीमा पाँच जनाको मृत्यु भएको खबर दिइएको थियो । तर, उक्त संख्यामा आक्रमणकारीलाई समेत जोडिएको अधिकारीहरुले बताएका छन् ।

बन्दुकधारी युवकले आक्रमणको समयमा इस्टाग्राममार्फत प्रत्यक्ष प्रसारण गरेकोसमेत प्रहरीले पुष्टि गरेको छ । आक्रमणको घटनाप्रति राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस