aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सलमान खानलाई ३० अप्रिलमा मार्ने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
सलमान खानलाई ३० अप्रिलमा मार्ने !

एजेन्सी। यसअघी नै कडा सुरक्षा बीच यात्रा गरिरहेका बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ। भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनलाई जोधपुरमा बस्ने रकी भाइ नामक व्यक्तिले ३० अप्रिल  अर्थात् वैशाख १७ गते दिन नै तोकेर मार्ने धम्की दिएका हुन्। 

पछिल्लो धम्कीपछि सलमान खानको सुरक्षा अझ कडा बनाइएको छ। यो धम्कीका बारेमा मुम्बई पुलिसले आफ्नो जाँच समेत सुरू गरिसकेको जनाएको छ।

एक प्रहरीको बयान उद्धृत गर्दै एएनआईले लेखेको छ, 'धम्कीको फोन पुलिस कन्ट्रोल रुममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन्। यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ।' 

सलमानलाई लोरेन्स बिश्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि खानले बुलेटप्रुफ कार किनेका थिए। समाचारमा उल्लेख भए अनुसार उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्।

आफ्नो सुरक्षा व्यवस्थापन टिमले यस्तो कार किन्ने सल्लाह दिएपछी सलमानले बुलेटप्रुफ कार किनेका हुन्।  उनले किनेको लगभग भारु १ करोड पर्ने कार भारतमा अहिलेसम्म लन्च भएको छैन। 

प्रतिक्रिया दिनुहोस