
आर्थिक रूपमा धनी देशहरूमा एउटा सामान्य धारणा यो छ कि विकासोन्मुख देशहरू गरिब छन् किनभने त्यहाँका मानिसहरू कडा परिश्रम गर्दैनन्। निस्सन्देह, अधिकांश गरिब देशहरू उष्ण प्रदेशमा छन् र प्रायः धेरै पश्चिमी देशहरूको तुलनामा त्यो क्षेत्रका मानिसहरू अनुकूल जलवायुबाट आशीर्वादित छन् । उता पश्चिमी देशका नागरिकहरूले प्रायः असह्य जाडोबाट भागेर उष्णकटिबंधीय हावापानीको आनन्द लिनुपर्छ ।
यद्यपि, यस सन्दर्भमा उनीहरूको एउटा तर्क यो हो कि उष्णकटिबंधीय वातावरण र माटोले प्रशस्त मात्रामा जैविक र स्वस्थ फलफूल उत्पादन गर्ने र वर्षको अधिकांश समय तापक्रम अनुकूल हुने भएकाले यस्तो भएको हो। यहि कारणले उनीहरूले काम नगरे पनि सजिलै जीवनयापन गर्न भने सक्षम छन्। गर्मी भेगका मानिसहरूलाई पहिले नै प्रकृतिले आशीर्वाद दिएकाले उनीहरूले बाँच्नको लागि धेरै मेहनत गर्नुपर्दैन । फलस्वरूप तिनीहरू कम मेहनती हुँदै गरिबीतर्फ उन्मुख हुने भएका हुन् भन्ने पश्चिमीहरूको दाबी छ।
पश्चिमेलीहरू व्यङ्ग्य गर्दै भन्ने गर्छन्, 'कडा परिश्रम गर्नुको सट्टा, आदिवासीहरू नरिवलको रूखमुनि बस्छन् र फलहरू झर्ने पर्खाइमा भिखारी बनेर थाल थाप्छन्।' उनीहरूको दाबी छ- यो बाहेक अर्को सत्य केही हुन सक्दैन।
तर, यसको विपरीत, गरिब देशका मानिसहरू धनी देशहरूमा रहेका आफ्ना समकक्षीहरू भन्दा धेरै मेहनत गर्छन्। आजको संसारमा, काम गर्ने उमेरको जनसङ्ख्याको उच्च अनुपात गरिब देशहरूमा नै पाइन्छ। विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् २०१९ मा तान्जानियामा श्रम शक्तिको सहभागिता दर ८३ प्रतिशत, भियतनाममा ७७ प्रतिशत र जमैकामा ६७ प्रतिशत थियो।
त्यो दर जर्मनीमा ६० प्रतिशत, अमेरिकामा ६१ प्रतिशत र दक्षिण कोरियामा ६३ प्रतिशत काम गर्ने राष्ट्र मानिन्छन्। गरिब देशहरूमा बालबालिकाको ठूलो हिस्सा विद्यालय जानुको सट्टा काम गर्छन्। युनिसेफले औसतमा ५ देखि ७ वर्ष उमेर समूहका २९ प्रतिशत बालबालिका काम गर्ने गरेको जनाएको छ । यसमा इथियोपियाका झन्डै आधा बालबालिका र बुर्किना फासो, चाड, क्यामरुन र सिएरा लियोन, मेक्सिको र कोस्टारिकामा औसत ४० प्रतिशत बालबालिका समावेश छन् ।
अर्कोतर्फ, आर्थिक रुपमा सम्पन्न देशहरूको सबैभन्दा लामो औसत साप्ताहिक कार्य घण्टा ४२.९ दर्ता गरिएको छ। यो अमेरिका र बेलायतमा क्रमशः ३४.४ र ३२.३ घण्टाको औसत काम गर्ने हप्ताको तुलनामा बढी हो। अर्कोतर्फ, धनी देशहरूमा, ठूलो जनसङ्ख्या (१८/२०) बिचका युवाहरूमध्ये ९० प्रतिशतले विश्वविद्यालयको शिक्षा लिइरहेका छन्। उदाहरणका लागि, अमेरिका, दक्षिण कोरिया र फिनल्यान्डमा, धेरैजसो मानिसहरू आफ्नो प्रारम्भिक वयस्कतामा नपुग्दासम्म काम गर्दैनन् ।
तिनीहरूमध्ये धेरैले सीधै आफ्नो आर्थिक उत्पादकत्व बढाउन नसक्ने कुराहरू नै वयस्कतामा नपुग्दासम्म सिक्छन्। धनी देशहरूको तुलनामा, गरिब देशहरूमा मानिसहरू कम अनुपात सेवा निवृत्ति पछिको उमेर (देश अनुसार ६० देखि ७०) सम्म बाँच्छन्। तर, जबसम्म तिनीहरू जीवित रहन्छन्, हरेक दिन बिहान देखी सूर्यास्तसम्म काम गर्ने गर्छन्। तिनीहरूमध्ये धेरैले स्वरोजगारी किसानहरू, पसलहरू, बेतलबी घरेलु कामदारहरू र हेरचाहकर्ताको रूपमा बर्सौँ काम गर्छन्।
गरिब देशका मानिसहरूले धनी देशहरूमा आफ्ना रहेका सम उमेर समुहकाहरू भन्दा धेरै कडा परिश्रम गरिरहेका छन् भने प्रमाणले देखाउँछ । पश्चिमीहरूले भनेको कुरामा सत्यता हुँदो हो त तिनीहरूको गरिबी हुनु नपर्ने हो किनकि उनीहरू धेरै काम गर्छन्। तिनीहरू कडा परिश्रम गर्छन् र लामो घण्टा काममा व्यस्त रहन्छन् ।
तर, तुलनात्मक रूपमा उनीहरूको कामको कम उत्पादकता हुने गरेको छ । बेलायत जस्ता धनी देशहरूमा बसोबास गर्नेहरूले शताब्दीयौंको इतिहास र आर्थिक विकासबाट लाभ उठाउँछन् । गरिब देशहरू त्यस्तो अवसरबाट च्युत छन् । उनीहरूले त्यस्तो कुनै दाबी गर्दैनन् जसको उनीहरूले कुनै श्रेय लिन सकुन्।
धनी देशको इतिहासले प्रभावकारी सार्वजनिक संस्थाहरू, लोकतन्त्र, उच्च गुणस्तरको उत्पादन गरेको छ। शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र तुलनात्मक रूपमा उच्च पारिश्रमिक सहितको रोजगारीलगायत उनीहरूले प्राप्त गरेका छन् । नतिजाको रूपमा एक धनी देशमा जन्मेको व्यक्तिको जीवनस्तर राम्रो हुने सम्भावना धेरै हुन्छ यदि त्यो व्यक्ति विकासशील देशमा जन्मेको थियो भने त्यस्तो हुने थिएन।
यो सत्यलाई हेर्दा, प्राकृतिक आर्थिक न्यायको अवधारणा अनुसार कि मानिसहरू धनी वा गरिब विशुद्ध रूपमा तिनीहरूको प्रतिभा र प्रयासको परिणामको रूपमा हुन्छन् भन्ने कुरा स्पष्ट रूपमा झूटा हो। यो वास्तवमा भ्रामक विज्ञापन हो कि गरिबीमा बाँचिरहेका मानिसहरू उचित पारिश्रमिक कमाउन धेरै अल्छी भएकाले त्यस अवस्थामा छन्।
बरु, दोषी राष्ट्रिय अर्थतन्त्रको अनुत्पादकता हो: उदाहरणका लागि, यान्त्रिकीकरणको अभाव। कृषिले विकासोन्मुख देशहरूमा धेरै किसानहरूलाई आफ्नो र आफ्नो परिवारलाई खुवाउनको लागि पर्याप्त खाना उत्पादन गर्न, बेच्नको लागि अतिरिक्त उत्पादन गर्नको लागि धेरै घण्टा काममा बिताउन बाध्य पार्छ। त्यस सन्दर्भमा, गरिब देशहरूमा गरिब मानिसहरू धेरै हदसम्म गरिब छन्।
ऐतिहासिक, राजनीतिक र प्राविधिक शक्तिहरू जुन तिनीहरूको कमी कमजोरीहरूको कारणले गर्दा तिनीहरूको नियन्त्रणभन्दा बाहिर छन्, कम से कम तिनीहरूको कडा परिश्रम गर्ने इच्छामा त्यसले साथ दिने हो भने स्थिति अर्कै हुन्थ्यो। यसैले गरिब देशहरूमा गरिबीको कारणको आधारभूत भ्रमलाई झूटो कथाद्वारा व्याख्या गर्नु ठिक होइन ।
यो कथा जुन विश्वका सम्भ्रान्तहरू, धनी देशहरू र गरिबहरू आफैँ दुवैबाट अनुचित र नियतवश प्रयोग गरिएको छ, त्यो बन्द हुनुपर्छ । गरिब देशहरूमा गरिब व्यक्तिहरूलाई उनीहरूको गरिबीको लागि उनीहरूलाई नै दोष दिन मिल्दैन। बरु, ऐतिहासिक रुपमा भएको अन्याय, अन्तर्राष्ट्रिय शक्तिको असमानता र राष्ट्रिय आर्थिक-राजनीतिक सुधारहरूका प्रश्नहरूको दृढतापूर्वक जवाफ खोज्नु आवश्यक छ। र, गरिबीको शृङ्खला तोड्न सच्चा र दूरदर्शी विश्वव्यापी र राष्ट्रिय नेतृत्व चाहिन्छ। जसको खोजी अहिलेको आवश्यकता हो ।
( केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)
प्रतिक्रिया दिनुहोस