aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन हुनुभएको छ । सिंहदरबारमा मगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।
 
चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन । उन कैलालीबाट प्रतिनिधित्व गर्नेछिन । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ । बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए ।
 
सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालव ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पु¥याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस