काठमाडौं । सरकारले राप्ती, भेरी र कर्णाली नदीमा पक्की पुल निर्माण गर्ने भएको छ । पुल निमार्णका लागि सरकारले कम्पनी छनोटगरी पक्रिया अगाडि बढाएको छ ।
सरकारले निर्माण गर्न लागेको पुल मध्ये सुर्खेत पञ्चपुर नगरपालिका—११ र चौकुने गाउँपालिका जोड्ने भेरी नदीमा ३०३.७० लम्बाइको पक्की पुल बन्नेछ । सो पुलको परामर्शदाता प्रकृति कन्सल्ट प्रा.लि छ भने निर्माणको ठेक्का अनकर लुम्बिनी जेभीले पाएको छ ।
पुल निमार्ण हुने स्थान मध्ये दाङको सतवरिया–राजापुर सडक अन्तर्गत राप्ती नदीमा प्रस्ताव गरिएको ५०२.८५ मिटर लम्बाइको पक्की पुलको ‘डिजाइन एण्ड विल्ड’ करार अन्तर्गत निर्माण गर्न लागिएको छ ।
उक्त पुल निमार्णको लागि परामर्शदाता कम्पनी प्रकृति कन्सल्ट प्रालिअन्तर्गत पुल निर्माणका लागि शर्मारअनक जेभीलाई ठेक्का दिएको छ । यता, सुर्खेतमा तातोपानी घाटगाउँ सडकअन्तर्गत भेरी नदीमा पनि पक्की पुल निर्माणका लागि ठेकेदार छनोट भएको सडक विभागले जनाएको छ ।
त्यस्तै, सर्खेतमै कर्णाली नदीमा अर्को पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट भई प्रक्रिया अघि बढेको छ ।
सुर्खेतको चौकुने गाउँपालिका र मोहन्याल गाउँपालिका जोड्ने कर्णाली नदीमा प्रस्तावित ५५०.८५ लामो पक्की पुल निर्माण हुनेछ । अनकरलुम्बिनीररोशन जेभीले उक्त पुल निर्माणका लागि ठेक्का पाएको छ ।
विभागका अनुसार १५ दिनभित्र सम्बन्धित सरोकारवालाबाट राय सुझाव माग गरिएको र त्यसपछि निमार्ण कार्य अघि बढ्ने सडक विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस