aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सबैभन्दा वृद्ध भारतीय अर्बपति महिन्द्राको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
सबैभन्दा वृद्ध भारतीय अर्बपति महिन्द्राको निधन

एजेन्सी । महिन्द्रा एण्ड महिन्द्राका पूर्व अध्यक्ष केशव महिन्द्राको आज निधन भएको छ । ९९ वर्षीय केशव सन् १९६३ देखि २०१२ सम्म महिन्द्रा समूहका अध्यक्ष थिए। केशव महिन्द्राले २०१२ मा सेवानिवृत्त भए । त्यसपछि उनका भतिजा आनन्द महिन्द्राले कम्पनीको नेतृत्व लिए। उनी हाल एमएम समूहको अध्यक्ष इमेरेटस छन्। उनले सन् १९४७ मा एमएममा डेब्यु गरेका थिए।

आनन्द महिन्द्राका काका केशव महिन्द्रा १.२ बिलियन डलरको कुल सम्पत्तिका साथ देशका सबैभन्दा वृद्ध भारतीय अर्बपति थिए। सोही वर्ष फोर्ब्स म्यागजिनले विश्वभरका अर्बपतिहरूको सूचीमा यो जानकारी दिएको थियो । यसअघि सन् २००७ मा उनले अर्न्स्ट एण्ड योङबाट लाइफटाइम एचिभमेन्ट अवार्ड पनि पाएका थिए ।

केशव महिन्द्रा युनिभर्सिटी अफ पेन्सिल्भेनिया, अमेरिकाबाट स्नातक तह पूरा गरेपछि सन् १९४७ मा महिन्द्रा कम्पनीमा प्रवेश गरेका थिए। लामो समय काम गरेपछि सन् १९६३ मा उनी यस समूहको अध्यक्ष बने । उनी २०१२ अगस्टसम्म यही पदमा रहे।

प्रतिक्रिया दिनुहोस