aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

प्रदेश ३ मा प्रदेशसभाबाट ४५ विधेयक पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
प्रदेश ३ मा प्रदेशसभाबाट ४५ विधेयक पारित

हेटौँडा । तीन नम्बर प्रदेशसभाबाट हालसम्ममा ४५ वटा विधेयक पारित भएको छ । प्रदेशसभा गठनको १९ महिनामा ४५ वटा विधेयक पारित भएका हुन् ।

प्रदेशसभाको चौथो अधिवेशनमा मात्रै १७ वटा विधेयक पारित भएका छन् । प्रदेशका लागि महत्वपूर्ण मानिएको प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक, यातायात व्यवस्था सम्बन्धी विधेयकसहित १७ वटा विधेयक पारित भएको छ ।

यो अधिवेशनमा प्रदेशसभाको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि बनेको छ भने प्रदेशसभा नियमावली पहिलो पटक संशोधन भएको छ । प्रदेशसभाबाट पारित भएका ४५ मध्ये ३८ वटा विधेयक प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्रमाणीकरण भई कानूनको रुपमा कार्यान्वयनमा आईसकेका छन् ।

प्रदेशसभामा दर्ता भएका सबै विधेयक पारित भएसंगै प्रदेशसभाको बजेट अधिवेशन गत बुधबार अन्त्य भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस