aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मेयर बालेनले दिएको अभिव्यक्ति संवैधानिक अधिकारभन्दा बाहिरको होः पाण्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
मेयर बालेनले दिएको अभिव्यक्ति संवैधानिक अधिकारभन्दा बाहिरको होः पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको विशेष समय भाग लिँदै उनले काठमाडौँ उपत्यकाका महत्वपूर्ण स्थानका फोहोर व्यवस्थापनबारे काठमाडौँ महानगरपालिकाका प्रमुखले दिएको अभिव्यक्ति संवैधानिक अधिकारभन्दा बाहिर रहेको भनी आलोचना गरेका हुन् । 

उनले भूटानमा रहेका नेपाली युवायुवतीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा कतिपय दलका नेता तथा पूर्वगृहमन्त्रीका नजिक व्यक्तिको नाम जोडिएकाले त्यसमा संलग्न जो कोहीलाई अनुसन्धान गरी कडा कारबाहीको दायरामा ल्याउन माग गरे ।  

प्रतिक्रिया दिनुहोस