aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

४१ बिदेशी नगरका प्रमुख, उपप्रमुखहरुले शहर तथा कुमारीे रथयात्रा अवलोकन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
४१ बिदेशी नगरका प्रमुख, उपप्रमुखहरुले शहर तथा कुमारीे रथयात्रा अवलोकन

काठमाडौं । बिदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले आज बिहान बसन्तपुर आसपासका सम्पदा र जीवनशैलीको अवलोकन गरेका छन् । 

महानगरको निम्तोमा इन्द्रजात्रा अवलोकन गर्न कामठाडौंमा आइपुगेका प्रतिनिधिहरुलाई महानगरले भित्री सहरी क्षेत्र र कुमारी रथयात्रा मार्गको अवलोकन गराएको हो । उनिहरुलाई बिहान ९ बजे महानगरका प्रमुखले बसन्तपुरमा स्वागत गरेका थिए । भने अवलोकन मार्गमा परेका वडाका अध्यक्ष तथा सदस्यहरुले आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गरेका थिए । 

भ्रमणमा उनिहरूको निकै चाख देखियो, पाहुनासँगै अवलोकनमा रहेका महानगरका प्रमुख शाक्यले समय छोटो भएकोले धेरै क्षेत्रलाई समेट्न नसकिएको बताए । हेर्नु पर्ने ठाउँ अरु पनि थिए, मेयर शाक्यले भने— फरक भूगोल र परिवेशबाट आउनु भएका पाहुनाले हाम्रा सम्पदाको रुचीपूर्वक अवलोकन गरे । 

आजै बिहान भारतको नर्थ दिल्लीका प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा ४ सदस्यीय टोली काठमाडौं आएकोले उनिहरूको स्वागत गर्न उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल गएकी थिइन् । दिल्लीका मेयर सरदार आइसकेपछि काठमाडौंकी उपप्रमुख भ्रमण अबलोकनमा सहभागी भएकी थिइन् । 

महानगरको निमन्त्रणामा स्वीकार गरेर जात्रा अवलोकनको निश्चय गरेका सहरमध्ये बंगालादेशकाढाका साउथ सिटीका प्रमुख मोहम्मद सहिद खोकन उपस्थित हुन भएनन् । स्वास्थ्योपचारका क्रममा उनि सिंगापुर जानुपर्ने भएकोले काठमाडौं आउन नसकेको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले बताए । उनी नआएपछि महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न ५ देशका ११ सहरबाट ४१ शहरका पहुनाहरुको जमघट भएको छ । 

जसमा चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरबाट मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह प्रतिनिधि मण्डलसहित आउनुभएको छ । चीनको लाञ्चाउबाट कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ् आएका छन् । 

त्यस्तै प्रतिनिधि पठाउने अन्तरराष्ट्रिय सहरहरुमा चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगर रहेका छन् । 

भित्री सहरको अवलोकन गर्ने क्रम बसन्तपुरबाट शुरु भएको थियो । त्यसपछि टोली बःबही, ब्रह्मचक्रमहाबिहार, मञ्जुश्रीनक महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव हुँदै बसन्तपुर पुगेको थियो । त्यसपछि बसन्तपुरको श्वेतभैरव अगाडिको डवलीमा आयोजना गरिएको फोटो प्रदर्शनी उद्घाटन गरिएको थियो । मञ्जुश्रीनक महाबिहारमा जीवित देवता भैरवको दर्शन गरिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस