
काठमाडौं । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुँस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद डा. ढाकाराम श्रेष्ठ कारबाहीमा परेका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
डा ढाकाराम र प्रसाईबीचको अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । डा. ढाकाराम पोखरामा रहेको एक सहकारीका बचतकर्तको रकम फिर्ता नगरेको विषयमा विवादीत बनेको मेडिकल डक्टर हुन ।
प्रतिक्रिया दिनुहोस