
एजेन्सी । भारतीय अर्वपति मुकेश अम्बानीलाई फेसबुकले गतिलो जवाफ दिएको छ । केही समय अघि भारतीय डाटा अन्य मुलुकमा पुग्नु नहुने भन्दै उनले राखेको धारणाको फेसबुकले प्रतिकार गरेको हो । अम्बानीले डाटालाई पनि एक प्रकारले नयाँ तेलको रुपमा हेर्नुपर्ने र यसको मूल्यलाई मध्यनजर गर्दै अन्य मुलुकमा भारतको डाटा पुग्नु नहुने विचार रहेका थिए ।
उनलाई जवाफ दिंदै फेसबुकका विदेश मामिला एवं संचार उपाध्यक्ष निक क्लेगले बिहीबार नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा भारत जस्तो देशले डाटा लुकाउने कुरा गर्नु नहुने बरु निर्वाध रुपमा प्रवाह हुन दिनुपर्ने विचार राखेका थिए । भारतको राष्ट्रिय सुरक्षाको दृष्टिले समेत डाटा रोक्नु नहुने उनको तर्क राखेको समाचार भारतीय संचारमाध्यमहरुमा प्रकाशित छ ।
भारतको चर्चित रिलायन्स कम्पनीका अध्यक्ष समेत रहेका मुकेश अम्बानीले भारतीय डाटाको नियाँतार्ण र स्वामित्व भारतीय कै हातमा हुनुपर्ने कुरामा जोड दिंदै कुनैपनि हालाल्त्मा विदेशीले त्यसमा नियन्त्रण राख्ने अवस्था हुनु नहुने विचार राखेका थिए । डाटालाई तेलसँग गरेका उनलाई फेसबुकका उपाध्यक्षले डाटा र तेलमा फरक रहेको र डाटा तेल जस्तो भण्डारण गरेर राख्ने चिज नरहेकोमा स्पष्ट हुन सुझाव दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस