aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बम विस्फोट हुँदा बालबाल बाँचे जापानका प्रधानमन्त्री फुमियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ बैशाख २०८०
बम विस्फोट हुँदा बालबाल बाँचे जापानका प्रधानमन्त्री फुमियो

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा शनिबार बिहान बच्न सफल भएका छन् । उनको र्‍यालीमा  बम विस्फोट भएको थियो । बम विष्फोटको आवाज सुनेपछि त्यहाँ हंगामा मच्चिएको थियो । मानिसहरू दौडन थाले। सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए । यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन् ।

जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्‍यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए । उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए ।

घटनाका केही तस्बिर–भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसमा मानिसहरु दौडिरहेको देख्न सकिन्छ । यसै क्रममा, र्‍यालीमा उपस्थित सुरक्षाकर्मीले संदिग्ध आक्रमणकारीलाई समातेको तस्विरमा देख्न सकिन्छ । उसले भाग्न खोज्छ, तर सुरक्षाकर्मीले उसलाई भुइँमा थुनेर समात्छन्।

यो घटनास्थलको तस्वीर हो। यसमा मानिसहरु दौडिरहेको देखिन्छ । एउटी महिला काममा हात राखेको देखिएपछि विष्फोटको आवाज निकै ठूलो भएको अनुमान गर्न सकिन्छ ।

यो घटनास्थलको तस्वीर हो। यसमा मानिसहरु दौडिरहेको देखिन्छ । एउटी महिला काममा हात राखेको देखिएपछि विष्फोटको आवाज निकै ठूलो भएको अनुमान गर्न सकिन्छ । फुमियो किशिदा सन् २०२१ मा जापानको प्रधानमन्त्री बने । यससँगै उनी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस