aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भारतको आर्थिक अवस्थाबारे आईएमएफ पनि चिन्तित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
भारतको आर्थिक अवस्थाबारे आईएमएफ पनि चिन्तित

एजेन्सी । भारतमा आर्थिक विकासको अवस्था कमजोर बन्दै गएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत चिन्ता व्यक्त गरेको छ । आईएमएफले भारतको जीडीपी बृद्दी दर आशा गरे भन्दा निक्कै कम भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

बिहीबार आईएमएफका प्रवक्ता गेरी राइसले कर्पोरेट र पर्यावरणसँग जोडिएका नियामक संस्थाहरुको अनिश्चितता र केही गैर बैंकिंग वित्तीय कम्पनीका कमजोरीका कारण भारतको आर्थिक वृद्धि अपेक्षाकृत कमजोर रहेको बताएका हुन् ।

उनले हालको तथ्याँक हेर्दा भारतको जीडीपी बृद्दी सुस्त आर्थिक विकास गएको संकेत मिलेको भन्दै यो चिन्ताजनक र खतराको बिषय भएको बताएका थिए ।

आईएमएफले जुलाईमा सन् २०१९ र २०२० को लागी केही सुस्त आर्थिक वृद्धिको अनुमान लागेको थियो । उसले भारतको आर्थिक बृद्दी ०.3 प्रतिशतले मात्र कम हुने र सन् २०१९ मा ७ प्रतिशत अनि २०२०मा ७.२ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

तर, भारतको पछिल्लो त्रैमासिक आर्थीक रिपोर्टहरुले त्यहाँ ५ प्रतिशतको मात्र आर्थिक बृद्दी रहेको देखाएका थिए । जवकी अघिल्लो वर्ष यस अवधिको आर्थिक विकास दर ८ प्रतिशत रहेको थियो । अहिलेको आंकडा पछिल्लो ६ वर्षमा सबैभन्दा कम देखेपछी आइएमएफले अब भारतमा निरन्तर निगरानी राख्ने र चासोका साथ हेर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस