aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

काठमाडौंको गोलढुंगामा गोली चल्यो, गुण्डा समूहसँगका नाइके पक्राउ गर्ने क्रममा झडप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
काठमाडौंको गोलढुंगामा गोली चल्यो, गुण्डा समूहसँगका नाइके पक्राउ गर्ने क्रममा झडप

 काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चले बलाजु प्रहरी वृतले बताएको छ । साजन गुरुङ समूहसँग मुठभेटमा झडप भएको बलाजु प्रहरीले बताएको छ । गुण्डा नाइके साजन  गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलेको प्रहरीले बताएको । थप विवरण भने आउन बाँकी रहेको छ । 

साजनका विरुद्धमा परेका विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो । धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो । उनको कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ । 

प्रहरी र गुण्डागर्दीमा संलग्न समूहसँग मुडभेट हुँदा गुरुङको खुट्टामा गोली लागेको छ ।घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।  धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस