aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

परिचयपत्रलाई नचिन्दा एक जना पूर्वमन्त्री नै  समस्यामा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ०३ बैशाख २०८०
परिचयपत्रलाई नचिन्दा एक जना पूर्वमन्त्री नै  समस्यामा

काठमाडौं । राष्ट्रिय  परिचयपत्रलाई  सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै  समस्यामा परेका छन् ।

राष्ट्रिय  परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद  अर्यालको राष्ट्रिय परिचयपत्रलाई  विमान सेवाका  कर्मचारीले मान्यता दिएनन् । नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्र ाष्ट्रिय विमानस् थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात  ९ट्राभल डकुमेन्ट०को मान्यता नदिँदा  समस् या भएको हो  ।

सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर  र  चिप्सर फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार  कार्ड मान्ने नमान्ने भन्ने बारे प्रश्न उब्जाएको छ । 

प्रतिक्रिया दिनुहोस