aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

फर्निचर र फर्नि्सिङ एक्स्पोमा स्वदेशी उत्पादनमै ग्राहककाे आकर्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
फर्निचर र फर्नि्सिङ एक्स्पोमा स्वदेशी उत्पादनमै ग्राहककाे आकर्षण

काठमाडौं । एउटा राम्रो घर बनाउन फर्निचर र फर्नि्सिङ हुुनु आवश्यक हुन्छ । घरको गहना नै फर्निचर हो, फर्निचर नभए घर तथा कार्यालयका पूरै कोठा शून्य र खाली देखिन्छन् । 

घरलाई देख्दा चिटिक्क बनाउनको लागि कोठामा सोफासेट, बेड, डाइनिङ टेबल, आलमारी, किचन सेट, कपबोर्डलगायतको साम्रगी राख्ने गरेको पाइन्छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वस्तु पनि राख्ने गरिन्छ ।  

परम्परागत सजावटले पनि फर्निचरको आफ्नै महत्व झल्काएको देखिन्छ । अहिलेको सोफासेट र पहिलेको काठैकाठले बनेको बेन्च अनि कोठामा अन्नको भकारी, डोरीले बुनेको खाट, लगायतको साम्रगी कोठामा राखेर सजाउनुका साथै व्यवस्थीत गरेको पाइन्थ्यो । 

अझै पनि गाँउघर तिर सांस्कृतिक झल्को दिनेसम्मका सजावट यसमा हुने नै भए, जसले घरलाई पूर्ण र आकर्षक बनाउँछ । यस्तो अवस्थामा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष संवाद गराउने र नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रत्येक वर्ष नेपाल फर्निचर एन्ड फर्नि्सिङ संघ, काठमाडौंले फर्निचर तथा फर्नि्सिङ सामग्रीहरूको प्रदर्शनी आयोजना गर्दै आएको छ ।

नेपालमा चीन, इन्डोनेसिया, भारत, मलेसिया, टर्कीलगायत देशबाट फर्निचर तथा फर्नि्सिङका सामग्री आयात हुने गर्छ । नेपालमा खपत हुने फर्निचरमा अहिले आधाजस्तो बजार हिस्सा स्वदेशी उत्पादनले धान्न थालेको छ । फर्नि्सिङमा पछिल्लो समय उद्योग र लगानी थपिए पनि अझै उल्लेख्य प्रगति हुन नसकेको व्यवसायीहरू स्विकार्छन् ।  
उत्पादन मात्र गरेर पनि त्यसको औचित्य पूर्ण हुन सक्दैन । उत्पादित सामग्री गुणस्तरीय हुनुपर्छ र उपभोक्ताले यसबारे जानकारी पनि पाउनुपर्छ । यसका लागि मेला महोत्सव महत्वपूर्ण साबित हुने उत्पादकदेखि उपभोक्तासम्मकोे अनुभव छ । त्यसैले ७ वर्षदेखि हरेक वर्ष क्यालेन्डर इभेन्टकै रूपमा काठमाडौंमा पनि फर्निचर तथा फर्नि्सिङ सामानको प्रदर्शनी मेला आयोजना हुने गरेको छ । 

नेपालमा खपत हुने फर्निचरमा अहिले आधाजस्तो बजारहिस्सा स्वदेशी उत्पादनले धानेको छ । बाँकी चीन, इन्डोनेसिया, भारत, मलेसिया, टर्कीलगायत देशबाट फर्निचर तथा फर्नि्सिङका सामग्री आयात हुन्छन् । 

काठको र दक्ष मजदुरको अभाव, सस्ता आयातीत वस्तुसँगको प्रतिस्पर्धालगायत धेरै समस्या र चुनौतीले घेरिएका छन् व्यवसायीहरू । यसका बाबजुद उनीहरू व्यवसाय टिकाउने मात्र नभई यसलाई अघि बढाउने योजनाका साथ सक्रिय छन् । नतिजा, उद्योग थपिँदै छन् । ग्राहकहरू पनि गुणस्तरीय स्वदेशी उत्पादनमा आकर्षित हुन थालेका छन् । 

देशमा वार्षिक बजेटभन्दा बढीको व्यापार घाटा भएकाले सरकारले विभिन्न वस्तु आयातमा कडाइ गर्ने र व्यापार घाटा घटाउने योजना बुनिरहेको छ । तर, स्वदेशमै उत्पादन गरेर आयात घटाउनेतर्फ भने सरकारी निकायको सहयोग नपाएको व्यवसायीको गुनासो रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस