
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराए । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित छन । आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हाल्ने छन ।
कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री हुनुभएको थियो । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उन गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।
विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ( सँग जोडिएर राजनीतिमा होमिनुभएका उहाँ विसं २०४३ मा नेविसङ्घको उपसभापति हुँदै २०४८ सालमा केन्द्रीय सभापति हुनुभएको थियो । पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट विसं २०१९ साउन २५ गते ९सन् ९ अगष्ट, १९६२० डडेल्धुरामा जन्मेका उनीको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हो ।
उनले भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स, जर्मनी, फिलिपिन्स, दक्षिण कोरिया, इजिप्ट, जापान, सिङ्गापुर, कतार, थाइल्याण्डलगायत देशको भ्रमण गरेका छन।
प्रतिक्रिया दिनुहोस