aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डढेलोका कारण उपत्यकामा प्रदुषण

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, ०४ बैशाख २०८०
डढेलोका कारण उपत्यकामा प्रदुषण

काठमाडौ । पछिल्लो ६ महिना वर्षा नभएको कारण यस वर्ष देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढेको छ, जसको कारण काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबबाट विश्वमा सबैभन्दा बढी वायु प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ ।

वातावरणविद्हरू काठमाडौँ प्रदूषित सहर हुनुमा काठमाडौँ उपत्यकाका वरिपरि लागेको डढेलो नै प्रमुख कारण रहेको बताएका छन् । उनीहरूका अनुसार बारा, पर्सा, चितवनलगायतका जिल्लाबाट बागमती कोरिडोर हुँदै प्रदूषण काठमाडौँ उपत्यका आइपुगेको छ । तर उपत्यका भित्रिएका प्रदूषित हावा उपत्यकाबाहिर जान नसकी उपत्यकामै थुप्रिएको छ ।

वन तथा भूसंरक्षण विभाग वन व्यवस्थापन महाशाखाका अनुसार २०७८ चैतको तुलनामा २०७९ चैतमा झन्डै दोब्बर डढेलोको घटना बढेको छ । महाशाखाका अनुसार २०७८ चैतमा २ सय ६७ वटा डढेलाका घटना भएका थिए भने २०७९ चैतमा ५ सय ४० वटा डढेलोका घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस