aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धनी कुटुम्ब छान्दा १७ वर्षिया किशोरीको बेहाल, दाजुसँग विवाह भाइसँग सहवास गर्न बाध्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
धनी कुटुम्ब छान्दा १७ वर्षिया किशोरीको बेहाल, दाजुसँग विवाह भाइसँग सहवास गर्न बाध्य

काठमाडौँ । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ ।

लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान् का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए ।

गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् । फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् ।

यातनाको अर्को शृंखला सुरु भयो । ‘देवरसँग यौन सम्पर्क गर्नुपर्ने । ‘जे भयो-भयो भनेर चित्त बुझाउँदै थिएँ नन्द तुलसीकुमारीले देवरसँग सुत भन्न थाल्नु भो ।’ किशोरीले रुँदै भनिन् ‘म मानिनँ नन्द र सासुले मुखमा कपडा कोचेर राति राति कुट्न थाले ।’

घर परिवारको दबाब भन्दै देवर शैलेन्द्रले पनि आमा समानकी भाउजूको अगाडि राक्षसी रूप देखाए । ‘धेरैपटक देवरले मलाई करणी गरे,’ किशोरीले भनिन् ।

शैलेन्द्रले किशोरीमाथि जर्बजस्ती करणी जारी राखेपछि स्थानीय बुद्धिजीवी र प्रहरीको रोहबरमा इलाका प्रहरी कार्याल गौशालामा छलफलमा बसे । छलफलले किशोरीलाई शैलेन्द्रसँग विवाह गराउने निर्णय गर्यो।

‘यस विषयमा धेरैपटक छलफल भएपछि अन्तिममा देवर शैलेन्द्रसँग विवाह किशोरीको विवाह गराउनेमा समाज राजी भयो,’ प्रहरी निरीक्षक मनोजकुमार यादवले भने ।

घरको आर्थिक अवस्था कमजोर रहेको तर हुनेवाला ज्वाइँको खान्दान धनी भएकाले १ लाख रुपैयाँ ऋण खोजेर छोरीको विवाह गरेको पीडित किशोरीकी बाबु सुरदेव पुर्वेले बताए । 

 

प्रतिक्रिया दिनुहोस