aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आयोजनामा बाढी पस्दा ५ करोडको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ भदौ २०७६
आयोजनामा बाढी पस्दा ५ करोडको क्षति

बेंसीसहर ! माङ्दी गाउँपालिका-९ स्थित लेते खोलामा आएको बाढीले खुदी जलविद्युत् आयोजनामा क्षति पुयाएको छ। बाढीले आयोजनाको पावरहाउस पुर्दा विद्युत् उत्पादन ठप्प भएको छ। मंगलबार राति आएको बाढीले ४ मेगावाट क्षमताको खुदी जलविद्युत् आयोजनाको पावरहाउसमा रहेका टर्बाइनलगायत सबै मेसिनरी सामग्री पुरेको छ।

'राति भीषण वर्षासँगै आएको बाढी सिधै पावरहाउस छिर्यो', आयोजना प्रमुख दीपक भण्डारीले भने, 'हेर्दाहेदै सबै पुग्यो, हामी ज्यान जोगाएर भाग्यौं।' सुरक्षा बार भत्काएर बाढी पावरहाउसभित्र छिरेको उनले बताए। बाढीले पावरहाउसमा करिब ५ करोडबराबरको क्षति पुगेको आयोजनाले जनाएको छ।

बाढीले पेनस्टक पाइपसमेत बगाएको छ। आयोजना मर्मत गर्न करिब ३ महिना लाग्ने भण्डारीले बताए। २०६३ पुस १५ बाट सञ्चालनमा आएको यो आयोजनामा ०६५ भदौ १२ मा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो। त्यसपछि पनि पटकपटक खुदी खोलामा आएको बाढीले आयोजनामा क्षति पुग्दै आएको छ। करिब ६० करोड लागतमा निर्मित सो आयोजनामा बुटवल पावर कम्पनीको ६०, एचसीटीएचआई क्यानडाको २५ र लमजुङ विद्युत् विकास कम्पनीको १५ प्रतिशत लगानी छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस