aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बाटोलाई हेरेर जग्गाको मूल्य मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने भएः केसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
बाटोलाई हेरेर जग्गाको मूल्य मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने भएः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको बोल्दै उनले यस्ते बताएका हुन् । 

बैठकमा अध्यक्ष केसीले भने, ‘सडकका बाटोको आधारमा भएका जग्गाको बाटोका आधारमा मूल्यांकन हुने रे । केहीगरी त्यो जग्गा उसले भोगचलन गर्नुपर्‍यो भने त्यो बेच्दाखेरी अरु सम्पत्ति बेच्दा पनि त्यो जग्गाको मूल्य तिर्न नसक्ने भएपछि के हो यो नाटक ? बाटोलाई आधार बनाएर जग्गाको मुल्यांकन गर्दाखेरी ती सुकुम्बासीले जग्गाको पैसा तिर्न सक्छन् ?’ 

प्रतिक्रिया दिनुहोस