aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिएमसीले लिने १२ लाख शुल्क अवैध, फिर्ता माग्दा कलेज नै बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ भदौ २०७६
सिएमसीले लिने १२ लाख शुल्क अवैध, फिर्ता माग्दा कलेज नै बन्द

काठमाडौं । सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ । ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् ।

शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो । चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको गुनासो छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस