aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आफ्नो तलबबाट मासिक तीन हजार खेलाडीलाई दिने शाहीको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
आफ्नो तलबबाट मासिक तीन हजार खेलाडीलाई दिने शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले आफूले पाउने तलब सुविधाबाट मासिक तीन हजार बराबरको रकम खेलाडीलाई प्रदान गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । 

 ‘आजको संसदबाट मैले घोषणा गरेको छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु’, उनले अगाडी भने, ‘हामी आठ सय ८४ जना छौँ, यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ ।’ 

प्रतिक्रिया दिनुहोस