aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

यस्तो रह्यो कोशी प्रदेश सरकारको एक सय दिन (पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
यस्तो रह्यो कोशी प्रदेश सरकारको एक सय दिन (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले एक सय दिनका उपलब्धीहरु सार्वजनिक गरेको छ । उक्त प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार आफू नेतृत्वको वर्तमान सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका हुन् ।  

प्रदेशको नामाकरणदेखि मन्त्रालयको संख्या घटाएकोसम्म सार्वजनिक गरिएको उपलब्धी विवरणमा उल्लेख गरिएको छ । उक्त प्रदेशका मन्त्रालयहरुको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन कार्यमा सम्पन्न गरिएको छ । 

९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्ययोजना नपवकरण भएको, प्राङगरिक मल सहुलियतदरमा उपलब्ध गराइएको, विभिन्न स्थानमा १५ वटा झोलुङ्गे पुलको काम ९० प्रतिशत सम्पन्न भएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका विषयहरु विषय उल्लेख गरिएको छ । 

सय दिनमा ७५० हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याएको, करिब ६० वटा नदी नियन्त्रण योजनाहरूको निर्माण गरेको, साना सिँचाइ कार्यक्रम मार्फत क्रमागत करिब ५० वटा योजना सम्पन्न गरेको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र ३२ वटा आयोजना स्किम सम्पन्न गरिएको सार्वजनिक गरिएको उपलब्धी विवरणमा उल्लेख गरिएको छ । 

हेरौँ, पूर्णपाठ  


 
 

प्रतिक्रिया दिनुहोस