aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झार्छौँः गृहमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झार्छौँः गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झार्ने बताएका छन् । गृह मन्त्रालयमा आज पत्रकारसँगको परिचयात्मक भेटघाटका क्रममा उनले गृह प्रशासन र प्रहरीलाई राजनीतिक तथा शक्ति केन्द्रबाट मुक्त गर्ने आफ्नो अभियान रहेको र बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने दृढता व्यक्त गरेका हुन् । 

गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको न्यायका लागि सरकार गम्भीर रहेको र केही काम सुरु पनि गरिसकिएको जानकारी गराए । उनले पीडितको नाममा फाइदा उठाउनेप्रति सजग हुन पनि आग्रह गरे । मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आवश्यक कानून संशोधनको प्रक्रियामा गइसकेको र आयोगले काम थालिसकेकाले जसरी पनि पीडितलाई मिटरब्याजीको शोषणबाट अन्त्य गरेरै छाड्ने उनले विश्वास दिलाए । 

उनले हिजो मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपका विषयमा अध्ययन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन गरिसकेको र घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी पनि गराए । उनले समग्र गृह प्रशासन सुधारका लागि विशेष कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस