aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए ।
 
उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदावार हुन ।

प्रतिक्रिया दिनुहोस