aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले नछाड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ भदौ २०७६
कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले नछाड्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका बेलामा बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने र गुणस्तरहीन सामान बिक्री गर्नेलाई कारबाही हुने बताएका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशसनको ५७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन्।

उनले चार्डपर्वका बेलामा सबैले सहज रूपमा मनाउन सकून् भनेर सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन,( खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानसँगको सहकार्यमा यही २३ गतेदेखि राजधानीलगायत देशका ७३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको जानकारी
दिए । उनले भने “सरकारले सञ्चालन गरेका सहुलियत मूल्य पसल पर्याप्त नभए पनि बजार भाउ नियन्त्रण गर्न राम्रो भूमिका निर्वाह गरेका छन् ।”
मन्त्री यादवले झन्डै छ दशकदेखि साल्ट ट्रेडिङले खरिद गर्दै आएको नुन खरिदका लागि निजी क्षेत्रलाई दिन लागेको भन्ने हल्ला मात्रै भएको स्पष्ट पार्दै हल्लाका पछाडि नलागिकन आवश्यक नुन खरिद गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई निर्देशन दिए ।

कार्यक्रममा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नुन, चिनी, रासायनिक मल दूरदराजसम्म सुपथ यमा वितरण गरेर साल्ट ट्रेडिडले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण भएको बताए ।  यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस