
काठमाडौं। अर्थविद्ध तथा राष्टिय स्वतन्त्र पार्टीका नेता डा स्वर्णिम वाग्लेसहित दुई दर्जन नेताको नागरिकता छानविनका लागि गृहमन्त्रालयमा निवेदन परेको छ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।
त्यस्तै, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, पूर्वउपराष्ट्रपति परमान्द झा, देवेन्द्रराज कडेल, डा नारायण खड्का, दिलेन्द्र बडूको समेत नागरिकता छानविन गर्न माग गरेका छन् । पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न समेत माग गरेका छ ।
प्रतिक्रिया दिनुहोस