aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

अदुअआको तेस्रो संशोधन विधेयक बहुमतले स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
अदुअआको तेस्रो संशोधन विधेयक बहुमतले स्वीकृत

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको बैठकमा राष्ट्रियसभाबाट प्रस्तुत सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विद्येयक प्रस्तुत गरेकी थिइन् । प्रस्तावमाथि सांसदले उठाउनुभएका विषयमाथि दर्जन बढी संसदले  आफ्नो धारणा राख्दै उनीले आयोगको स्वरुप परिर्वतन भएकाले प्रभावकारी नियन्त्रणका लागि ऐन संशोधनको आवश्यकता परेको बताएका थिए । 

विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिदै सांसद डा अमरेशकुमार सिंह, माधव सापकोटा, ज्ञानबहादुर साही, दिलेन्द्रप्रसाद बडु, योगेन्द्र मण्डल, ज्ञानु बस्नेत सुवेदी, रामप्रकाश चौधरी, रोशन कार्की, अनिता देवी, ऐनबहादुर शाही, दयालबहादुर शाही, तेजुलाल चौधरीले उक्त विषयमा धारणा व्यक्त गरेका थिए ।

उनीहरुले सिंहदरबारमा हुने गरेको भ्रष्टाचार अहिले गाउँगाउँका सिंहदरबारमा फैलिए भन्दै कानुन मात्र बनाएर नहुने कार्यान्वयनमा इमान्दार हुन पर्नेमा जोड दिएका थिए । सांसद सुमना श्रेष्ठले नीतिगत भ्रष्टाचारको परिभाषा स्पष्ट नभएको उल्लेख गर्दै विभाग र कार्यालयले गर्ने निर्णय पनि नीतिगत बनाउन मन्त्रिपरिषद्मा लैजाने गरिएको बताइन् । 

प्रतिक्रिया दिनुहोस